कालीगण्डकी नदीमा राष्ट्रिय र्‍याफि्टङ तथा कायाकिङ प्रतियोगिता गर्दै गण्डकी प्रदेश

पाेखरा | माघ २५, २०८०

कालीगण्डकी नदीमा राष्ट्रिय र्‍याफि्टङ तथा कायाकिङ प्रतियोगिता गर्दै गण्डकी प्रदेश Filed Photo

पोखरा:    गण्डकी प्रदेश सरकार र नेपाल र्‍याफि्टङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्‍याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ ।


मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय र्‍याफि्टङ  तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो । 


पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल र्‍याफि्टङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए । 


‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्‍याफि्टङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं ।


उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र र्‍याफि्टङमा ८ टिमको सहभागिता रहनेछ । र्‍याफि्टङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ । 


एक टिममा ५ जना (आर फोर) रहनेछन् । जसमा स्प्रिन्ट (२५०मिटर), हेड टु हेड (३५० मिटर), स्लालम (४५० मिटर) र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । ४ विधामा १ हजार अङ्कका लागि प्रतिस्पर्धा हुनेछ । 


यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुनेछ । 



 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्