२६ औं प्रेस चौतारी स्थापना दिवस: पोखरामा ३ पत्रकार पुरस्कृत

पत्रकारिताको विकासका लागि पत्रकार एकजुट हुनुपर्छ: नेता अधिकारी

पाेखरा | माघ २२, २०८०

२६ औं प्रेस चौतारी स्थापना दिवस: पोखरामा ३ पत्रकार पुरस्कृत

पोखरा:   प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा पोखरेली ३ पत्रकार पुरस्कृत भएका छन् ।

 

प्रेस चौतारी कास्कीद्वारा सञ्चालित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट नेपाल पत्रकार महासंघ कास्कीका सचिवसमेत रहेका माधव बराल पुरस्कृत भए ।

 

उनलाई दोसल्ला र सम्मानपत्रसहित नगद २२ हजार २ सय २२ रुपैयाँ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, कास्की इञ्चार्ज थममाया थापा, प्रेस चौतारी नेपाल कास्कीका कार्यबहाक अध्यक्ष मोतिसागर अधिकारी लगायतले प्रदान गरे ।

 

यस्तै प्रेस चौतारी पत्रकारिता सम्मान २०८० बाट मीना गुरुङ र हुमबहादुर गुरुङ पुरस्कृत भए ।

 

प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिस गरिएको थियो ।

 

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस अगाडि पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल,शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भइसकेका छन् ।

 

पत्रकारिताको विकासका लागि पत्रकार एकजुट हुनुपर्छ: नेता अधिकारी

 

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारिता क्षेत्रको विकासको लागि सबै पत्रकार एकठाउँमा हुनुपर्ने बताए ।

 

उनले पत्रकारितामा पछिल्लो समय विभिन्न खालका चुनौती थपिएको उल्लेख गर्दै सबै एकजुट हुनुपर्ने धारणा राखे ।

 

 

उनले गण्डकी प्रदेशबाट आमसञ्चार विधयेक पारित गर्न लागेको बताउदै पत्रकारिता राज्यको चौथौं अगं भन्दापनि अनिवार्य अंग टिप्पणी गरे ।

 

अधिकारीले पत्रकारहरु आफ्नो पेशा व्यवसायिक र मर्यादित नभएकै कारण अन्य क्षेत्रमा समेत काम गर्न बाध्य भएको धारणा व्यक्त गरेका थिए ।

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्