पोखरा म्याराथन सफल बनाउन महानगरका वडाहरुलाई मेयरको निर्देशन

पाेखरा | माघ २०, २०८०

पोखरा म्याराथन सफल बनाउन महानगरका वडाहरुलाई मेयरको निर्देशन

पोखरा:   आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् ।  


म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको अपनत्व महानगरले लिएको मेयर आचार्यले बताए । पोखरा म्याराथनको रुटमा हाल पोखरामा जाइकाले पानीको लागि बाटो खन्ने काम गरेको र मध्येपहाडी लोकमार्गको काम भएका ठाउँमा धावकलाई सहज हुने किसिमले सडकलाई तत्कालै बनाउन उनले निर्देशन समेत् दिएका छन् । उनले भने–“म्याराथनको दिन म्याराथनको रुट कम्तिमा पनि खेलाडीहरुलाई असहज हुने गरी राख्न भएन । सबै खाल्डाहरु पुर्न म वडाहरुलाई निर्देशन दिन चाहन्छु ।”


मेयर आचार्यले सम्बन्धित निकायका व्यक्तिहरुलाई फोन समेत् गर्दै सडकका खाल्डाहरु पुर्न र धावकलाई असर नपर्ने गरी सम्याउन निर्देशन दिए । यस्तै रुटमा पर्ने वडा–वडाको सडकका खाल्टा वा अव्यवस्थित भए वडाले नै समाधान गर्न निर्देशन दिए । “जाइका र मध्यपहाडीको काममा अलि समस्या हो त्यहाँ म समन्वय गर्नेछु बाँकी वडाको कामहरु वडाबाटै गर्नुहोला” मेयरले भने, “कहाँ के गर्न पर्छ त्यो तत्कालै गर्नु । वडाको व्यवस्थापन वडाबाटै गर्नुस हामी सबै आयोजक हौं ।”


पोखराका विद्यालय, आमा समूह, युवा क्लबहरुसँग समन्वय गर्नका लागि शिक्षा महाशाखालाई समेत मेयर आचार्यले निर्देशन दिएका छन् ।


मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले रुटमा धावकलाई असर पर्ने गरी राखिएका निर्माणका सामग्री र खाल्डाहरुलाई तत्काल पुर्नका लागि अनुरोध गरे । उनका अनुसार यस पटकको रुटमा पोखराको शहरभन्दा बाहिरको रुट २५ किमि रहेको  जानकारी दिए । उनले भने–“कुल म्याराथनमा २५ किमि रुट नयाँ हो । हामी शहर भित्रको सबै रुटहरुमा धावकहरुलाई कुनै समस्या नआओस भन्ने पक्षमा छौं ।”


निवर्तमान अध्यक्ष तेज गुरुङले म्याराथन रुट, पुरस्कार र धावकहरुको बारेमा चर्चा गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुसरण गर्दै म्याराथनका लागि सहभागिता निश्चित गरेको सुनाए । गुरुङका अनुसार खुल्ला म्याराथनमा एक सय ५० धावकले मात्र दर्ता गराउन पाउनेछन् । यस्तै महिला हाफ म्याराथनमा ५० १० किमी पुरुषतर्फ चार सय ५०, महिलातर्फ एक सय ५० तथा पाँच किमि छात्रामा ६ सय र छात्रमा एक हजार दुई सय धावकलाई मात्र दर्ता दिने जानकारी गराए ।


म्याराथनलाई इलेक्ट्रोनिक डिभाइससँग जोडिएकाले व्यवस्थापन गर्न दर्तालाई निश्चित गरेको बताए । छलफल कार्यक्रममा महानगरका मेयर धनराजसहित विभिन्न वडाका वडाअध्यक्ष तथा मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्