लामाचौरमा अवैध काठसहित बोलेरो नियन्त्रणमा
पाेखरा | माघ १७, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अवैध काठसहित लामाचौरतर्फ आउँदै गरेको बोलेरो जीप नियन्त्रणमा लिएको हो ।
पोखरा महानगपालिका–१९ भुनपुरेस्थित पुरनचौरबाट लामाचौरतर्फ आउँदै गरेको ग २ च ५३५७ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा पठाएको कास्की प्रहरीले जनाएको छ ।
२ सय ७२ थान चिरुवा काठ (फल्याक) लोड गरेर लामाचौरतर्फ आउँदै गरेको जीप प्रहरीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा बुझाएको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

