तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन: मन्त्री गुरुङ
बुटवल | माघ १७, २०८०
बुटवल: कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।
मन्त्री गुरुङले बुधबार प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले मन्त्री फेर्ने बताए पनि अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताएका हुन् ।
गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको भोटक्रसले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताए ।
कोशी घटनाका विषयमा गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको भन्दै उनले यसको च्याप्टर छिटै क्लोज हुने जिकिर गरे । मन्त्री गुरुङले देशको आर्थिक संकट तंग्रिँदै गएको बताउँदै श्रीलंकाजस्तो अवस्था पुग्ने भनेर गरिएका प्रचार अनावश्यक भएको बताए ।
कांग्रेस उपसभापति समेत रहेका गुरुङले कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने धारणा राखे । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी आफू क्रियाशील रहेको उनले बताए।
म्याग्दी: मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो । हालै भित्...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँद...
कास्की: पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्...