नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

पाेखरा | माघ १४, २०८०

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

पोखरा:    नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ ।  गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । 


यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए ।


सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले सबैप्रति आभार व्यक्त गरेका छन् । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका थिए ।


 यसरी अभिनय गर्ने रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेल थिए ।


अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका थिए । यस नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको कारण समेत दर्शकले नौलो अनुभव समेत लिन पाए  । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको संस्थापक सदस्य गुरुङले बताए ।


‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको थियो । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु थियो । यो विषयवस्तुलाई प्रभावकारी बनाउदै निष्कर्षमा पुगन् कलाकारले गरेको अभिनयात्मक बहस तारिफयोग्य थियो । उनीहरूको रोचक बहसले दर्शकलाई एकटकले स्टेजतर्फ ध्यान तान्न सफल भएको थियो ।


सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् । यो नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गरेको थियो ।


लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कन गरेको प्रयास सफल भएको निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका थिए । नाटक मञ्चनलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति उनले आभार समेत व्यक्त गरेका छन् ।
 

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्