पोखरामा जुवातास खेलिरहेका विदेशी नागरिकसहित ६ जना प्रकाउ

पाेखरा | माघ १२, २०८०

पोखरामा जुवातास खेलिरहेका विदेशी नागरिकसहित ६ जना प्रकाउ

पोखरा:   पोखराको राष्ट्रबैंक चोक स्थित एक खाजा घरमा जुवातास खेलिरहेका एक विदेशी नागरिकसहित ६ जना जुवाडेलाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनापछि खटिएको प्रहरीको टोलीले ६ जना जुवाडेलाई बिहीबार  बेलुका प्रकाउ गरेको हो । 


बागलुङको तमानखोला गाउँपालिका घर भई राष्ट्रबैंकचोकमा खाजा घरका संञ्चालक ४५ वर्षीय समिता आले, भारत घर भई पोखरा–७ बस्ने ४५ वर्षीय रमेश वारिक, गोरखाको गण्डकी गाउँपालिका घर भई पोखरा–७ बस्ने ४७ वर्षीय सागर थापामगर, पोखरा–१५ बस्ने ३२ वर्षीय नविन रिंजाली, पोखरा–७ बस्ने ५२ वर्षीय सुकबहादुर मगर र गोरखा सुलिकोट गाउँपालिका घर भई पोखरा–७ बस्ने ४२ वर्षीय डिलबहादुर मगरलाई जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

प्रहरीले उनीहरुको साथबाट तास र ४३ हजार ६ सय ५५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 


 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्