फलोअप: जीप चालक थापाको मृत्यु

घाइते द्वय वृद्धाभत्ता लिन पाेखरा झरेका थिए

पाेखरा | माघ १०, २०८०

फलोअप: जीप चालक थापाको मृत्यु

पोखरा:   पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा घाइते भएका चालक कृष्ण थापाको मृत्यु भएको छ ।

 

उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएका ग्यारजातीका ४९ वर्षीय थापालाई चिकित्सकले बिहान १०: २० बजे मृत घोषणा गरेका हुन् ।

 

आज बिहान करिब सवा ९ बजेतिर पोखरा झर्दै गरेको दुध बोकेको ग ३ च २६०३ नम्बरको बोरेलो जीप  सडकबाट करिब २० फिट तल खसेको थियो ।

 

मृतक थापालाई च्यापिएको अवस्थाबाट उद्धार गरिएको थियो ।

 

दुर्घटनामा परी परी घाइते भएकी ७० वर्षीया चन्द्रकला थापा र ६९ की हिमकला थापाको उपचार भइरहेको बताउदै खतरामुक्त भएको कास्की प्रहरीले जनाएको छ ।

 

घाइते द्वय वृद्धा भत्ता लिन पोखरा आएको बताइएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्