बाह्रौं पोखरा महोत्सव सकियो, करिव १२ करोडको कारोवार

पाेखरा | माघ ८, २०८०

बाह्रौं पोखरा महोत्सव सकियो, करिव १२ करोडको कारोवार

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुङ्गे पुलमा यूनाइटेड क्लबसँग सहकार्य गर्ने बताएका छन । 

 

बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भई रहँदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरी झोलुङ्गे पुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड  क्लब संग सहकार्य गर्ने प्रतिवद्धता समेत गरे ।


महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथि झोलुङ्गे पुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड  क्लबसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै यूनाइटेड क्लबले पोखरा महानगरभित्र देखिने गरी कुनै एक काम गरेमा उक्त काममा पनि महानगरले सहयोग गर्ने उनको भनाइ रहेको थियो । 


पोखरालाई नयाँवर्ष अगाडि नै पर्यटकीय राजधानी घोषणा गर्ने बताउदै मेयर आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताए । 


पोखरा महानगर भित्र आयोजना हुने मुख्य महोत्सवहरु फरक फरक उद्देश्यले अगाडि वढिरहदा यूनाइटेड क्लबले सामाजिक काम गरेर अगाडि वढिरहेको र महानगरभित्र बन्यजन्तुको अध्ययन केन्द्र आवश्यक रहिरदा पोखरा जुलोजिकल पार्कको कामलाई प्रदेश सरकारले छिट्टै सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा समेत जोड दिए ।


त्यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बिजयपुर र सेती नदिको बिच भागमा मेला महोत्सव भइरहदा यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी अमरसिंह क्षेत्रलाई चिनाउन सफल भएकोे बताउदै आगामी महोत्सवहरुमा रुपा गाँउपालिकामा उत्पादन भएका कृषिजन्य सामाग्रीहरुलाई बिक्री वितरणका लागि गाँउपालिका संग समन्वय गर्न उनले आग्रह समेत गरे ।


कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले युवाहरुद्वारा सञ्चालित यूनाइटेड क्लवले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैमा चुनौतीपूर्ण  कार्य रहेको वताउदै सामाजिक सद्भाव कायम राख्न सम्पुर्ण एकजुट हुन आवश्यक रहेको बताए ।


त्यस्तै डाक्टर कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंह चोकलाई चिनाउने काम गरेको बताउदै क्लबले अगाडि सारेको सेती नदी संरक्षणको लागि क्लबले वडा नम्बर १० बाटै काम शुरु गर्ने गरी अवधारणा बनाउनसमेत सुझाव दिए । पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले पोखरा आफैमा प्रकृतिले दिएको सुन्दर सहर रहिरहदा यूनाइटेड  क्लबले पोखरा महोत्सवको आयोजना गरि पोखरामा थप सौन्दर्यता थपेको बताउदै पोखरा महोत्सवमा दर्शक आयो, कति कमाइ भयो भन्दापनि महोत्सवको आयोजना गरि क्लबले समाजिक काम मार्फत जनतामा के सन्देश दियो भन्ने कुरा मुख्य रहेको बताए ।


अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले यूनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहदा आफ्नो विद्यालयमा सभाहलको अभाव रहेको बताउदै सभाहल निर्माणका लागि आग्रह गरे ।


महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले दर्शक र सहयोगी संघ संस्थाहरुकै कारण बाह्रौं संस्करणको पोखरा महोत्सव सफलतापूर्ण सम्पन्न भएको बताए । यूनाइटेड  क्लबले महोत्सवकै आयोजना गरि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताउदै बाह्रौं पोखरा महोत्सव सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, सहयोगी संघ संस्था, कलाकार, पत्रकार, सुरक्षाकर्मी, विभिन्न सञ्चार माध्याम र दर्शकहरुलाई धन्यवाद ब्यक्त गरे ।


कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी कलाकार प्रजापति पराजुली, शंकर बिरही गुरुङ, जिवन दाहाल, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्डतर्फ जिबबको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
 

बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि “विश्वको उत्कृष्ट गन्तव्य नेपाल दोस्रो कला प्रदर्शनी“मा ३ सय १ जनाले  १२ औं पोखरा महोत्सवमा राखिएको कलाकार प्राज्ञ नगेन सिहंको कलाकृतिहरू अवलोकन गरेका छन । महोत्सवमा १२ करोड बरावरको कारोबार भएको र २ लाख वढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।

पोखरा:  युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ ।  गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाण...

थप पढ्नुहोस्

गण्डकी:   गण्डकी प्रदेश सरकार र यहाँका स्थानीय तहले नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरूआत गरेका छन् । रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि समुदायस्तरमा ‘स्क्रि...

थप पढ्नुहोस्

काठमाडौं:  यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले  कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ ।  कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानको लागि ६ वटा ...

थप पढ्नुहोस्