तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँ | माघ ८, २०८०

तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँ:   तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् ।

 

तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो ।


जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको हो ।


चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले  जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्