आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटन खेलमा सहारा र थ्री स्टार भिड्ने

भाग्यशाली दुई दर्शकले जनही ५ हजार पुरस्कार पाउने

पाेखरा | माघ ७, २०८०

आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटन खेलमा सहारा र थ्री स्टार भिड्ने

पोखरा:   २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । 

 

सहारा क्लब पोखराले माघ ९ देखि २० गतेसम्म आयोजना गर्ने २३ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

 

क्लबका महासचिव रामजी प्रसाद अधिकारीले पोखरा रङ्गशालामा यही माघ ९ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाउने बताए ।

 

‘मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ, प्रतियोगितामा ए डिभिजनका क्लबदेखि विदेश क्लबकोसमेत सहभागिता रहनेछ, अधिकारीले भने, ‘१२ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन्  ।’

 

उनले प्रतियोगितामा अतिरिक्त प्रोत्साहान स्वरुप  नगद पुरस्कारसमेत दिइने जानकारी दिए ।

 

उनका अनुसार प्रि–क्वाटर विजेता र पराजित दुवै टिमलाई जनही २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

 यस्तै प्रतियोगितामा विधागततर्फ समेत पुरस्कारको व्यवस्था गरिएको महासचिव अधिकारीले बताए  ।

 

प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । 

 

प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । 

 

प्रतियोगितामा १२ टिम, उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार भिड्ने

 

२३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । 

 

प्रतियोगितामा भारतीय क्लबले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि एपिएफ क्लबले सहभागिता जनाउने गुरुङले बताए । 

 

उनका अनुसार माघ ९ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

गत संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।

 

भाग्यशाली दुई दर्शकले जनही ५ हजार पुरस्कार पाउने

 

प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर र क्वाटरफाइनलको खेलका लागि साधारणतर्फ १ सय र भिआईपीतर्फ २ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको अध्यक्ष केशवराज बरालले जानकारी दिए ।

 

उनका अनुसार सेमिफाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआईपीतर्फ ४ सय रुपैयाँ र फाइनल खेलका लागि साधारणतर्फ ३ सय र भिआईपीतर्फ ५ सय रुपैयाँ टिकटको मुल्य निर्धारण गरिएको छ ।

 

२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष बरालले बताए ।

 

‘आहा! रारा पोखरा गोल्डकपको यस संस्करणमा हामीले विद्यार्थीहरुलाई क्वाटरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरेका छौं’, अध्यक्ष बरालले भने, ‘विद्यार्थीहरुलाई निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गरेर विद्यार्थीहरुलाई अनिवार्य पोशाकमा उपस्थित गराउनुपर्छ ।’

 

उनका अनुसार प्रतियोगितामा हेर्न आउने २ जना भाग्यशाली दर्शकले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

काठमाडौं:    जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका ...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।   आइतबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण...

थप पढ्नुहोस्

काठमाडौंः   उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ ।   परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार ...

थप पढ्नुहोस्