टाइगर कप:  ह्याट्रिक गर्ने दाउमा एपिएफ

पाेखरा | माघ ४, २०८०

टाइगर कप:  ह्याट्रिक गर्ने दाउमा एपिएफ

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

 

पहिलो सेमिफाइनलमा खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


पहिलो र दोस्रो सेट गुमाएको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै तीन सेट आफ्नो पक्षमा पार्दै टाइगर कपको उपाधिमा ह्याट्रिक नजिक पुगेको हो । एपिएफले आर्मीलाई १९–२५, २०–२५, १५–१२, २५–१६ ले जित्दै पाँचौ सेटमा १५–१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो । 


पाँचौ सेटमा सुरुवाती अङ्कमा २–७ अङ्कले पछि रहेको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै खेललाई १२–१२ बराबरी बनाउँदै १४–१२ ले अगाडि बढेको थियो । समूह ‘ए’बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको एपिएफ टाइगर कप भलिबलको तेस्रो पटक फाइनल प्रवेश गरेको हो ।  

 


यस्तै अहिले दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यू डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । 


यस्तै आज पुरुषतर्फ समूह ‘ए’ मा रहेका घरेलु टोलि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ हेल्प नेपाल स्पोर्टस् क्लब ४ अङ्कका साथ सेमिफाइनल पुगेको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्न सके मात्र सेमिफाइनल प्रवेश गर्नेछ । 


यस्तै समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी सेमिफाइनल प्रवेश गरेको छ । 


को लिगचरणको अन्तिम खेल टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

 

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्