पोखरामा धिमे नाच र धिमेबाजा बजाउने तालिम सम्पन्न

पाेखरा | माघ २, २०८०

पोखरामा धिमे नाच र धिमेबाजा बजाउने तालिम सम्पन्न

पोखरा:    नेवा पुचः कास्कीको आयोजनामा पोखरामा ४० जना युवायुवतीहरुलाई धिमेनाच र धिमेबाजा बजाउने तालिम दिएको छ । करिव १५ दिनसम्म सञ्चालन भएको तालिममा पोखराका ४०जना युवायुवतीहरुको सहभागिता रहेको थियो । 


तालिम सञ्चालन गर्न पोखरा महानगरपालिका–३ ले सहयोग गरेको थियो । यस्तै प्रशिक्षार्थीहरुलाई बिकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए । 


तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा न.३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताए । 


उनले पोखरामा भएका नेवा खल:, नेवा ल्याम्ह पुचः नेवा पत्रकार तथा  मिसा पुचहरुको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने संग्रहालय निर्माण भएकोप्रति खुशी व्यक्त गर्दै जनप्रतिधि भएर संस्कृति जोगाउने विषयमा काम गर्न पाउँदा खुशी लागेको बताए ।


यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार र संस्कृति प्रवर्धन र संरक्षणको लागि युवाहरुलाई पोखरा मै पहिलो पटक धीमे नाचको तालिम दिईएको बताए । उनले नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थामा पुगेको पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनर्जागृत गरेको बताउँदै यस्ता नाचहरुलाई व्यावसायिकरण गर्नुपर्ने बताए ।


तालिम समापन कार्यक्रममा नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगिता बज्राचार्यले तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै निरन्तर अभ्यासमा लागिरहन आग्रह गरिन । उनले तालिममा धेरै कुरा सिकेपनि पर्याप्त नहुने बताउँदै आफ्ना टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि यस्ता बाजागाजा र नृत्य प्रस्तृत गर्नुपर्नेमा जोड दिईन ।



 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्