टाइगर कप भलिबल प्रतियोगिताको तयारी पूरा
पाेखरा | पुस २९, २०८०

पोखरा: चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लब भिड्ने भएको जनाएको छ ।
प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लब र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।
‘भोलिदेखि माघ ६गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ गरेर १२ टिमको सहभागिता रहेको छ, सबै टिम पोखरा आइसकेका छन्’, अध्यक्ष शर्माले भने, ‘प्रत्येक दिन महिला र पुरुषको गरेर ४ खेल हुुनेछ, विदेशी क्लब र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भएकाले प्रतियोगिता रोचक हुने अपेक्षा लिएका छौ । ।’
उनका अनुसार भोलिदेखि सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिपमा महिला/पुरुष तर्फ गरी १२ वटा क्लबको सहभागिता हुनेछ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।
उनका अनुसार भोलि बिहान महिलातर्फ पहिलो खेल नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबबीच हुनेछ । यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने, दिनको चौथो तथा उद्घाटन खेल गत सस्करणको उपाधि विजेता गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आएका छन् । महिलातर्फ नै चन्द्रागिरी नगर लिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने पाएको आएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लबले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि तीन भारतीय खेलाडी भित्राएको छ । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष करिव १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ ।प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउने छन भने प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकहरुलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोवाइल प्रदान गरिने सचिव डिवी नेपालीले जानकारी दिएका छन् ।
गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कु...
पोखरा: कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् । देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक सञ्ज...