पोखरा वडा १ महानगर फुटसल कपमा च्याम्पियन

प्रविण सर्वाधिक गोलकर्ता, धन सर्वाेत्कृष्ट घोषित

पाेखरा | पुस २९, २०८०

पोखरा वडा १ महानगर फुटसल कपमा च्याम्पियन

पोखरा:   राष्ट्रिय युवा संघ पोखरा महानगर कमिटीले आयोजना गरेको पहिलो संस्करणको ‘पोखरा महानगर फुटसल कप–२०८०’ मा वडा नम्बर १ च्याम्पियन बनेको छ ।
 

स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा पोखरा वडा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा १ च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको वडा १ का लागि विनय तामाङ (क्रिजल) र नकुल तामाङले समान १÷१ गोल गरे ।

 

खेल संयोजक अनिश गुरुङका अनुसार च्याम्पियन बनेको वडा १ को टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पारे । 

 

यस्तै उपविजेता बनेको वडा ११ ले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार प्राप्त गरे । 

 

सो प्रतियोगिताबाट उपविजेता टोली पोखरा ११ का धन गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै सोही टिमकै लक्ष्मण गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए ।

 

मादी गाउँपालिकाका प्रविण गुरुङले ७ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए भने अनुशाषित टिमको शिल्ड पोखरा वडा १७ ले प्राप्त गर्याे ।
 

कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेबे, युवा संघका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्री, उपसचिव दर्शन लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्