पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु
पाेखरा | पुस २६, २०८०

पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारबाट नाटक ‘१२ दुर्वासा’ मञ्चन सुरु भएको छ ।
अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् ।
परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका छन् ।
यसरी अभिनय गर्नेमा रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा र रोहित पौडेल रहेका छन् ।
प्रिमियर शो हेर्न पुगेका दर्शकले लामो समयपछि खुला शो मार्फत मञ्चन भएको यो नाटक राम्रो लागेको भन्दै नाटकको टीमले गरेको कामको प्रशंसा गरेका थिए ।
यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको छ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् ।
‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो । यसलाई प्रभावकारी बनाउन कलाकारले निकै मेहनत गरेका छन् ।
सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् ।
आगामी माघ १३ गतेसम्म मञ्चन हुने योे नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गर्ने भएकोले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनको लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको नाटकका निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले खुलाए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका हुन् ।
‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन सुरु भएको छ, सबैजना नाटकप्रेमीलाई नाटक हेरे प्रतिक्रिया दिन आग्रह गर्छु, यो नाटकबाट म पनि पुनः अभिनयको क्षेत्रमा फर्किएको छु’ उनले भने ।
१ घण्टा ४० मिनेट हाराहारीको यो नाटक प्रचार–प्रसार र व्यस्थापनका लागि बजार प्रबन्धक प्रकाश पराजुली र लेखा हेर्ने शुभेक्क्षा शर्माले काम गरिरहेका छन् । मिलन क्षेष्ठ, रञ्जु दाहाल, विकास अधिकारी, प्रथम श्रेष्ठ, अनिशा खरेल लगायतले व्याक स्टेजमा रहेर साथ दिएका छन् । लामो समयमो अन्तरमा खुला रुपमा सबै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागेको कारण नाटकप्रेमीबाट सकारात्मक रेसपोन्स पाइरहेको उनीहरुले खुलाए ।
नाटक बुधबार बाहेक हरेक दिन साँझ ४ः४५ बजे शनिबार र आइतबार अतिरिक्त शो को रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।
काठमाडौं: जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह याद...
मुस्ताङ: मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ...
सुनसरी: सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ...