कन्दरा कन्सर्टको तयारी पूरा
पाेखरा | पुस २५, २०८०
पोखरा: पोखरा पर्यटन परिषद्को आयोजनामा शुक्रबार हुने कन्दरा कन्सर्टको तयारी पूरा भएको छ । पोखरा पर्यटन परिषद्ले पोखरामा आज (बुधबार) पत्रकार सम्मलेन गर्दै कन्दरा कन्सर्टको तयारी पूरा भएको जानकारी दिएको हो ।
‘पहिला घरदेश अनि परदेश’ गीत संगित मार्फत नेपालको पर्यटन प्रवद्र्धनको सन्देशसहित मुलुकको सातै प्रदेश र मुख्य शहरमा आयोजना हुन लागेको कन्दरा सांगीतिक अभियानको तयारी पूरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
‘पहिला घरदेश अनि परदेश, भन्ने नारासहित नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देशसहित सातै प्रदेश र मुख्य शहरमा कन्दरा लाइभ कन्सर्ट गर्दै छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटन परिषद्को आयोजना, कन्दरा व्याण्डको व्यवस्थापनमा पुस २७ गते पोखरामा कन्दरा लाइभ कन्सर्ट गर्दै छौं ।
उनका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा कन्दरा सांगीतिक अभियान पुस २७ गते पोखरा नयाँबजार स्थित पर्दशनी केन्दमा आयोजना हुँदै छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले कन्दरा व्याण्डको लाइभ कन्सर्टमा करिव १० हजार बढी दर्शको उपस्थिति समेत रहने बताए । उनले कन्सर्टमा सहभागी हुन ३ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट दर कायम गरेको जानकारी दिए । कन्सर्टमा बचत रकम गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासमा खर्च गर्ने उल्लेख गरिएको छ ।
कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् । कन्दराले अहिलेसम्म ६ वटा एल्वम बजारमा ल्याएको छ। देश विदेशमा २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

