रोटरीको राइलामा ४५ सहभागी

पाेखरा | पुस २४, २०८०

रोटरीको राइलामा ४५ सहभागी

पोखरा:   रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हुँदैछ ।


कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लेवाडेमा यही जनवरी ११ देखि १४ (पुस २६ देखि २९) सम्म हुने सो कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।


१६ देखि २० वर्ष उमेर समूहकाले भाग लिन पाउने उक्त कार्यक्रम विशेषगरी नेतृत्व कौशल विकासका लागि महत्वपूर्ण मानिन्छ ।


सुन्दर, मनोरम स्थान लेवाडेमा प्रकृतिसँग रमाउँदै ४ दिनसम्म हुने सो कार्यक्रम रोटरीका विभिन्न कार्यक्रममध्ये महत्वपूर्ण रुपमा लिने गरिन्छ । कार्यक्रमका लागि हालसम्म ४५ जनाको रजिष्ट्रेसन भएको डिष्ट्रिक्टको राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलले बताए ।


डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि हुन लागेको हो । जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् ।


डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताउँछन् । उनले युवाहरुमा निहित प्रतिभा प्रस्फुटन र उनीहरुमा नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।


गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा अवार्ड प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुले गर्ने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्