सवारी ज्यान मुद्धामा बानियाँ पुर्पक्षका लागि कारागार चलान
पाेखरा | पुस २२, २०८०
पोखरा: सवारी ज्यानसम्बन्धी मुद्धामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत मंसिर २४ गते पोखराको लेखनाथमा बीएए ००४१ नम्बरको कारले ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको निधन भएको थियो ।
यस मुद्धामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

