सवारी ज्यान मुद्धामा बानियाँ पुर्पक्षका लागि कारागार चलान

पाेखरा | पुस २२, २०८०

सवारी ज्यान मुद्धामा बानियाँ पुर्पक्षका लागि कारागार चलान

पोखरा:   सवारी ज्यानसम्बन्धी मुद्धामा कार चालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले बानियाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।


गत मंसिर २४ गते पोखराको लेखनाथमा बीएए ००४१ नम्बरको कारले ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको निधन भएको थियो ।


यस मुद्धामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्