पोखरा १ को निशुल्क स्वास्थ्य शिविरमा २ सय जना लाभान्वित
पाेखरा | पुस २०, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं. १ मा वृहत् स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका छन् ।
पोखरा महानगरपालिका वडा नं.१ कार्यालयको आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र पोखरा १ को सहकार्यमा नाक, कान र घाँटी परीक्षण सम्बन्धी वृहत् स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका हुन् ।
शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगपालिका नगरवासीहरूको स्वास्थ्य प्रति संवेदनशील रहेको बताउनुभयो ।
नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिकाले वडा स्तरीय सहरी स्वास्थ्य केन्द्र, महानगरपालिका स्तरीय सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
वडा नं.१ का वडा अध्यक्ष सहारा प्रधानले वडामा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई स्वास्थ्य प्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार शिविरमा सयौँ वडावासी नागरिकहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

