पोखरा महानगरमा गत आर्थिक वर्ष ७ जना गर्भवती महिलाको मृत्यु

पाेखरा | पुस १८, २०८०

पोखरा महानगरमा गत आर्थिक वर्ष ७ जना गर्भवती महिलाको मृत्यु

पोखरा:    पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । 


उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भएको छ भने, ७ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउन यता दुई जना गर्भवती महिलाका मृत्यु भएको छ ।


उनले दिएको जानकारी अनुसार पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पोखरा महानगरमा यस वर्ष  ६ हजार महिला सुत्केरी हुन्छन् भन्ने अनुमान गरिएको उनले बताइन् । गत आर्थिक वर्ष २०७९/८० मा पोखरा सहित कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् ।


विभिन्न कारणले हुने मातृ मृत्यु दर न्यूनिकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समिति रहने  र उक्त समितिले मातृ मृत्यु हुनुको कारण बारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने  ब्यवस्था गरको  छ ।


पोखरा महानगरपालिका उप्रमुख मञ्जुुदेवी गुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरिक्षक सविना श्रेष्ठले मातृ मृत्यु दर न्युनिकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्ता सम्मको नवजात शिशुको मृत्यु दर घटाउने र आमा तथा शिशुको मृत्यु हुन नदिने बारे जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताइन् । 


उनका अनुसार पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिने गरी कार्यक्रम जनसमुुदायमा पुु¥याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाहरुले गर्ने बताइ्न । उनले मातृ मृत्युलाई कम गराउन  स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्वि गर्ने र पूर्वाधार युक्त बनाउने कार्यमा समितिले पहल गर्छ ।


गभर्वती महिलाको मृत्यु हुने वित्तिकै त्यसको बारेमा अध्ययन गर्ने चिकित्सकले के कारण मृत्यु भयो भन्ने बारेमा पत्ता लगाउने र समिति समक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार बैठकले गर्ने नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् । मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य कार्यक्रमको संयोजकमा पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ संयोजक, सदस्यहरुमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, निजि अस्पतालहरुको  प्रतिनिधिबाट चिकित्सक जुनु श्रेष्ठ, कजएसाइन्मेन्ट चिकित्सक डा। नवीन श्रेष्ठ सदस्य रहेका छन् भने सदस्यसचिमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा  नर्सिङ निरिक्षक सविना श्रेष्ठ सहित सात सदस्यीय समिति रहेको छ । 


बैठकमा गर्भवती महिलाहरुलाई जाँच गर्दा फरक फरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै मनाउने बारेमा सुझाव समेत दिइएको छ । नीजि स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी मणिपाल शिक्षण अस्पतालकी चिकित्सक जुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारिरिक रुपमा तयार छ की छैन भन्ने विषयमा ख्याल गर्नुपर्ने बताइन् । उनले महिलाको अवस्था बारे नबुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताइन् । मृत्यु दर मानसिक स्वास्थ्य र विभिन्न रोगकका कारण बढेको बताइन् ।


उनले अझै पनि जनचेतनामुुलक कार्यक्रमको खाँचो रहेको औल्याइन । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मृत्युको कारण पत्ता लगाई त्यसको न्यूनिकरणमा सचेतना मुलक कार्यक्रम संचालन गनुपर्नेमा जोड दिइन् ।पछिल्लो समय शिक्षित भनिएका गर्भवती महिलाहरुको मृत्यु हुने  गरेको बताउदै स्वास्थ्यका बारेमा सचेत बनाउनुपर्ने अवस्था रहेको बताइन् । 

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टी–२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३&ndas...

थप पढ्नुहोस्

सोलुखुम्बु :   हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोल...

थप पढ्नुहोस्

काठमाडौंः   सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...

थप पढ्नुहोस्