चार महिने अभियानले नागरिकमा आशा पलाएको छ:  माओवादी

काठमाडाैं | पुस १७, २०८०

चार महिने अभियानले नागरिकमा आशा पलाएको छ:  माओवादी

काठमाडौं:    सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएको दाबी गरेको छ ।


आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको बताए । 


प्रवक्ता सापकोटाले अभियानले कार्यकर्तामा जागृति ल्याएको, चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे । अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढाउन उल्लेखनीय भूमिका खेलेको उनको भनाई छ । 


उनले भने, ‘जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि समिति गठन, पुनर्गठन भएको छ । कार्यकर्तामा जागृति आएको छ । नागरिकमा आशा पलाएको छ । यो अभियानले माओवादी चुनावको बेलामा मात्रै होइन अरू बेलामा पनि आउँदा रहेछन् भन्ने खालको नागरिकमा आशाका झिल्का पैदा भएको छ ।अभियानले गर्दा उल्लेखनीय सङ्ख्यामा पार्टी प्रवेश गर्नेको सङ्ख्या पनि बढेको छ । नागरिक हामीतिर फर्किएका छन् ।’


प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको पनि बताए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्