युवराज गुरुङलाई छेलो प्रतियोगिताको उपाधि
पाेखरा | पुस १७, २०८०
पोखरा: तमु जातिको महान पर्व, नयाँबर्ष मप्ह«ी ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ ।
हि ल्होको विदाई र मुप्ह«ी ल्हो तमु ल्होछार कार्यक्रम अन्र्तगत आयोजित परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङले उपाधि जिेतेका छन् । यस्तै गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता घोषित भएका छन् । उनीहरुले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार पाए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री, गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङ श्यामले तमुहरुको मौलिक सँस्कृति एवम पहिचान बोकेको छेलो खेल संरक्षणका लागि राज्य, तमु समुदाय र छेलो खेलाडीहरुको भुमिका आवश्यक रहेको बताए । छेलो खेलको संरक्षणका लागि आफ्नो बुबाको स्मृतिमा पहिलो पुरस्कार प्रायोजन गरेको गुरुङले छेलो संरक्षणको लागि आफ्नो तर्फबाट सहयोग रहिरहने भन्दै छेलो खेल विद्यार्थीहरुसम्म पु¥याउने बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

