कानुङ नमुना मगर समाजको एकदिने तालिम सम्पन्न
पाेखरा | पुस १५, २०८०
पोखरा: ‘भाषा, कला धर्म र संस्कृतिको जगेर्ना गरौ, पुख्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित नदीपुरमा सक्रिय रहेको कानुङ नमुना मगर समाजले एकदिने तालिम सम्पन्न गरेको छ ।
समाजका सदस्यहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष किरण सारु मगरले समाजमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम आयोजना गरेको जानकारी दिए ।

उनका अनुसार सो तालिममा धिरन गाहामगरले मगरको इतिहास र वर्तमान अवस्थाबारे, सिर्जना थापामगर र श्याम चौहान मगरले नेतृत्व तथा व्यक्तित्व विकास र पत्रकार सुशान्त गाहामगरले उद्घोषणबारे तालिम दिएका थिए ।
‘यो तालिमको अवधि छोटो भएपनि निकै महत्वपूर्ण रह्यो, समाजका अध्यक्ष सारु मगरले भने, ‘आगामी दिनमा अझै यसलाई व्यापकता गर्ने लक्ष्य लिएका छौ । साथै महिलाहरुलाई उद्यमशिलतामा कसरी जोड्ने भन्नेबारे पनि तालिम दिनेछौं ।’
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कविराम थापामगरले सकरात्मक तथा रचनात्मक कार्यक्रम गरेको बताउदै प्रशंसा गरे ।

उनले आगामी दिनमासमेत यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
‘यो कार्यक्रम निकै फलदायी बनेको छ । यसले हाम्रो समाजका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न निकै टेवा पुर्याएको छ, थापा मगरले भने, ‘त्यसैले आगामी दिनमा पनि यस्तो खालको कार्यक्रमले निरन्तरता पाओस् भन्ने मेरो शुभेच्छा छ ।’
कार्यक्रममा समाजमा आबद्ध करिब ५० जनाको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष किरण सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोनी थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तिलक बराल मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

