कानुङ नमुना मगर समाजको एकदिने तालिम सम्पन्न
पाेखरा | पुस १५, २०८०
पोखरा: ‘भाषा, कला धर्म र संस्कृतिको जगेर्ना गरौ, पुख्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित नदीपुरमा सक्रिय रहेको कानुङ नमुना मगर समाजले एकदिने तालिम सम्पन्न गरेको छ ।
समाजका सदस्यहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष किरण सारु मगरले समाजमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम आयोजना गरेको जानकारी दिए ।

उनका अनुसार सो तालिममा धिरन गाहामगरले मगरको इतिहास र वर्तमान अवस्थाबारे, सिर्जना थापामगर र श्याम चौहान मगरले नेतृत्व तथा व्यक्तित्व विकास र पत्रकार सुशान्त गाहामगरले उद्घोषणबारे तालिम दिएका थिए ।
‘यो तालिमको अवधि छोटो भएपनि निकै महत्वपूर्ण रह्यो, समाजका अध्यक्ष सारु मगरले भने, ‘आगामी दिनमा अझै यसलाई व्यापकता गर्ने लक्ष्य लिएका छौ । साथै महिलाहरुलाई उद्यमशिलतामा कसरी जोड्ने भन्नेबारे पनि तालिम दिनेछौं ।’
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कविराम थापामगरले सकरात्मक तथा रचनात्मक कार्यक्रम गरेको बताउदै प्रशंसा गरे ।

उनले आगामी दिनमासमेत यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
‘यो कार्यक्रम निकै फलदायी बनेको छ । यसले हाम्रो समाजका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न निकै टेवा पुर्याएको छ, थापा मगरले भने, ‘त्यसैले आगामी दिनमा पनि यस्तो खालको कार्यक्रमले निरन्तरता पाओस् भन्ने मेरो शुभेच्छा छ ।’
कार्यक्रममा समाजमा आबद्ध करिब ५० जनाको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष किरण सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोनी थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तिलक बराल मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

