व्यवसायीहरूको टकराबले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन्ः प्रमुख आचार्य

पाेखरा | पुस १३, २०८०

व्यवसायीहरूको टकराबले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन्ः प्रमुख आचार्य

पोखरा:    पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 


पोखराको लेकसाइडमा  रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित महोत्सवको उद्घाटनपछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण बताए । 


“जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले भने, ‘पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।”


व्यवसायीहरू बिचको इगो (प्रतिसोध)का कारण प्याराग्लाइडिङलाई प्यारालाइसिस (क्षयपूर्ण) गराउन नहुने उनले चेतावनी दिए । “पर्यटन क्षेत्रको एउटा महत्त्वपूर्ण प्रडक्टका रूपमा रहको प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन हुँदैन, यसमा सम्बन्धित क्षेत्रमा रहेका साथीहरूले आफू भित्र रहेको इगोलाई हटाइदिनुहोला, र एउटा उपयुक्त सोलुसन (समाधान) लिएर आउनुहोला, प्रमुख आचार्यले भने, होइन भने सिडिओ साव यही हुनुहुन्छ, म यही छु, हामीले आदेश गर्नुपर्ने हुन्छ, त्यति बेला त्यो अलिकता नमिठो हुनसक्छ ।”

 

उनले सडक महोत्सव पोखराको पहिचान बनेको बताए । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भने, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।” 

 

पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताए । विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए । 


विमानस्थलले क्षमताभन्दा धेरै यात्रुहरूलाई सेवा दिइरहेको बताउँदै अब छिट्टै पोखराबाट उपयुक्त गन्तव्यहरूमा सिधा उडान हुने विश्वास समेत व्यक्त गरे ।


रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

पोखरा:    पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।    नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको...

थप पढ्नुहोस्

काठमाडौं:    क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।   यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते ...

थप पढ्नुहोस्

गण्डकी:    सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक  उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्...

थप पढ्नुहोस्