प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अन्तरक्रिया
पाेखरा | पुस १२, २०८०
पोखरा: प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ । अमेरिकी सरकारको सहयोग र निल हिरा समाजको समन्वयमा बिहीबार (आज) पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुुमिका श्रेष्ठले लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता सम्वन्धि बुझाईको विषयमा आफ्नो प्रस्तुती राखेकी थिइन् । समुदायको उचित परिभाषाका साथमा समाजमा भोग्नु परेको समस्याका विषयमा उनले अन्तरक्रियामा जानकारी गराइन् ।
त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायले समाज तथा परिवारबाट भोग्नु परेको विभेदका विषयमा प्रस्ट्याएकी थिइन् ।
परिवारहुँदै समाजबाट विभेद भोग्नुपरेका कारण समुदायका व्यक्तिले प्रगती गर्न नसकेको उनको भनाई थियो । साथै पहिचानसहितको नागरिकता प्राप्त गर्न निकै कठिन रहेको उनले बताइन् ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार बिकले प्रहरीको भूमिका विषयमा प्रस्तुती राखेका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा प्रहरी निकै संवेदनशिल रहेको र सबैलाई समान नजरले हेर्ने गरिएको उनले बताए । कोही कसैले हिंसा भोग्न नहुने र स्वतन्त्ररुपमा सम्मानजनक तरिकाले बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रहरी कटीवद्ध रहेको उनको भनाई थियो ।
यता राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका अधिकृत मोहन काफ्लेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा राज्य तथा सरोकारवालाहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए । यस समुदायका विषयमा समाजमा अझै सचेतना फैलाउनु पर्ने उनको भनाई थियो ।
नौलो बिहानी पोखराकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले समुदायको बुझाईमा सुधार आएको बताइन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफुले भोगेका समस्या अन्तरक्रियामा सुनाएका थिए ।
अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

