मुवाँथाई च्याम्पियनसिपको तयारी तीव्र

पाेखरा | पुस ५, २०८०

मुवाँथाई च्याम्पियनसिपको तयारी तीव्र

पोखरा:    पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तीव्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तीव्र पारिएको हो । 


पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने । 


मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । 


‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । वान फाइट सिस्टममा खेल हुनेछ र प्रत्येक फाइटरले खेल खेले वापत नगद समेत प्राप्त गर्नेछन्’ क्षेत्रीले भने, ‘यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले दर्ता गराएपनि हामीले नेपालका प्रोफेसनल खेलाडीलाई मात्र राखेका छौं । मुवाँथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’ विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ । 


उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ । प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको  प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ । दर्शकले निशुल्क रुपमा प्रतियोगिताको अवलोकन गर्न पाउनेछन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्