लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन
पाेखरा | पुस ३, २०८०
पोखरा: महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ ।
सोमबार संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुद्धारा कवि लेखनाथ पौड्यालका कविताहरुको सान्र्दभिकता र महत्व विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने विभिन्न कविताहर समेत वाचन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले अहिलेको परिवेशमा कवि लेखनाथ पौड्यालद्धारा रचित कविताहरुको अति महत्व रहेको वताउँदै कतिपय कुराहरुलाई व्यवहारमा लागु गर्न सके जिवन सार्थक हुने बताएका थिए ।
कार्यक्रममा प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसका प्रमुख प्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल, लगायतले कविता वाचन गर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए भने सहभागीहरुमध्येबाट रमा गौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविताहरु वाचन गरेका थिए ।
संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले महोत्सवको अवसरमा कवि लेखनाथको सम्मानमा हरेक वर्ष साहित्य विशेष कार्यक्रमहरु गर्ने गरिएको र यसबाट साहित्यकार एवं साहित्य अनुरागी सबैलाई साहित्य क्षेत्रको श्रीवृद्धिमा लाग्न अझै प्रेरीत गराउन विश्वास व्यक्त गरेका थिए ।
उक्त अवसरमा लामो समय वित्तिय क्षेत्रमा क्रियाशिल रहँदै साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका साहित्यकार जिवनमित्र पण्डीतलाई सम्मान समेत गरिएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महोत्सव अन्र्तगतको साहित्यिक कार्यक्रमका संयोजक कृष्णप्रसाद ढुंगानाले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

