मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलाली | पुस ३, २०८०

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

 

सोमबार साँझ कैलारी गाउँपालिका–७ बर्का बसन्तास्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

 

सो दुर्घटनामा परेर बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय राजेश डगौराको उपचार भइरहेको छ।

 

यस्तै घाइते भएका भजनी नगरपालिका–५ का २६ वर्षीय वीरबहादुर चौधरी पनि उपचाररत छन्। घटनापछि दुबै मोटरसाइकल नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...

थप पढ्नुहोस्