स्कुल हिँडेका बालक दुई दिनदेखि सम्पर्कविहीन

काठमाडाैं | मंसिर २८, २०८०

स्कुल हिँडेका बालक दुई दिनदेखि सम्पर्कविहीन

तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन छन्।  

 

तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली दुई दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्।

 

उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको उनकी आमा सिता वलीले बताइन्।

 

‘हिजो बिहानै टिउसन पढ्न भनेर दिदी भाइ संगै घर बाट निस्किएका थिए,’ सीताले भनिन् ‘ तर, दिदी मात्रै स्कुल गइछन् र ऊ स्कूल नै गएनछ ।’


छोरा सम्पर्कविहीन भएपछि बुवा मोहवीर वली विहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेको सीताले बताइन्।

 

वली परिवारले बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा छोरा हराएको भन्दै खोजी गरिदिन आग्रहका साथ निवेदन दिएको छ । इप्रकाका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिउँसो अभिभावक आएर छोरा खोजी गरिदिन भन्दै निवेदन दिएको बताए।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्