पोखरामा 'न्यानो साँझ', असहाय व्यक्तिहरुलाई कपडा वितरण

पाेखरा | मंसिर २७, २०८०

पोखरामा 'न्यानो साँझ', असहाय व्यक्तिहरुलाई कपडा वितरण

पोखरा:  कलाकारितामा सक्रिय रहदैं आएको सारेगम कला केन्द्रको आयोजना र सुर्योदय कला केन्द्रको सह आयोजनामा न्यायो साँझ सम्पन्न भएको छ ।

 

असहाय व्यक्तिहरुका लागि न्यानो कपडा वितरण गर्ने उद्देश्यसहित स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न गरेको हो ।

 

सो कार्यक्रममा २० जना बढीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक​ सुशिल नेपालीले जानकारी दिए ।

 

 

उनका अनुसार सो वडा नम्बर ५ को विशेष सहयोगमा राष्ट्रिय कलाकार राजु परियारले आफ्नो प्रस्तुति दिएका थिए ।

 

त्यस्तै जय कुमार, तुल्सा जिसि, दिपक थापा, रोहन नेपाली, सुशील नेपाली तथा सुर्योदय कला केन्द्रको साँस्कृतिक प्रस्तुति रहेको थियो  भने मालेपाटन ताय मचा नाच समितीले लाखे नृत्य प्रदर्शन गरेको थियो ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्