पोखरामा 'न्यानो साँझ', असहाय व्यक्तिहरुलाई कपडा वितरण
पाेखरा | मंसिर २७, २०८०

पोखरा: कलाकारितामा सक्रिय रहदैं आएको सारेगम कला केन्द्रको आयोजना र सुर्योदय कला केन्द्रको सह आयोजनामा न्यायो साँझ सम्पन्न भएको छ ।
असहाय व्यक्तिहरुका लागि न्यानो कपडा वितरण गर्ने उद्देश्यसहित स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न गरेको हो ।
सो कार्यक्रममा २० जना बढीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सुशिल नेपालीले जानकारी दिए ।
उनका अनुसार सो वडा नम्बर ५ को विशेष सहयोगमा राष्ट्रिय कलाकार राजु परियारले आफ्नो प्रस्तुति दिएका थिए ।
त्यस्तै जय कुमार, तुल्सा जिसि, दिपक थापा, रोहन नेपाली, सुशील नेपाली तथा सुर्योदय कला केन्द्रको साँस्कृतिक प्रस्तुति रहेको थियो भने मालेपाटन ताय मचा नाच समितीले लाखे नृत्य प्रदर्शन गरेको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...