पोखराका देवान राईसहित रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु, एक नेपाली युक्रेनमा बन्धक
पाेखरा | मंसिर १९, २०८०
पोखरा: रुसी सेनामा भर्ना भएका पोखराका देवान राईसहित ६ जनाको मृत्यु भएको छ भने, भर्ना भएका एक नेपाली युक्रेनमा बन्धकमा परेका छन् । परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका देवान राईसहित ६ जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा पोखराको देवान राई, गोरखाका सन्दिप थपलिया, कपिलवस्तुको रुपक कार्की, स्याङ्जाको पुतलीबजार नगरपालिकाका पितम कार्की, दोलखाको राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् ।
मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्रीलाई युक्रेनमा बन्धक बनाएको समेत जनाएको छ । युक्रेनको बन्धकमा परेका खत्रीलाई नेपाल फिर्ता गर्न कुटनीतिक पहल भइरहेको जनाइएको छ ।
विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने अनुमति दिने नेपाल सरकारको नीति नरहेको उल्लेख गरिएको छ ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

