पोखरामा सम्पन्न टेनिसको उपाधि पुरुषतर्फ एलेक्से र महिलातर्फ आसाकुरालाई
पाेखरा | मंसिर १६, २०८०
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे-३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६-४ र सुपरटाइमा ६-० ले पराजित गर्दै उपाधि आफ्नों नाम गराएकी हुन् ।
पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १-६, ६-४ र सुपरटाईमा १०-५ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६-२, ६-१ को सटेमा पराजित गर्दै प्रथम हुन सफल भए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई गण्डकी प्रदेस सभा सदस्य प्रकास बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले मेडल प्रदान गरे । सो अवसरमा बोल्दै सांसद बरालले कास्की जिल्ला टेनिस संघले वर्षेनी आयोजना गर्दै आएको यो प्रतियोगिता गण्डकी प्रदेशवासीले गौरब गर्नुपर्ने प्रतियोगिता भएको औल्याए । उनले यसको निरन्तरतामा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

