डिआईको ठक्करबाट पैदल यात्रुको मृत्यु
काभ्रेपलाञ्चोक | मंसिर १६, २०८०
![डिआईको ठक्करबाट पैदल यात्रुको मृत्यु](https://sungabhacdn.prixacdn.net/media/deathhhhhhh_C8Jxff3WRV.jpg)
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ८५९२ नम्बरको योद्धा नामको डिआईको ठक्करबाट स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
सडक छेउमा पैदल हिँडिरहनु भएका धिताललाई शनिबार बिहान अन्दाजी ६:१० मा उक्त डिआईएले ठक्कर दिएको थियो ।
डिआईको ठक्करबाट घाइते धितालको उपचारको क्रममा बिहान ६:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने डिआई गाडीका चालक र डिआई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मनाङ: मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...
काठमाडौँ: देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधार...
एजेन्सी: आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। ...