फिस्टेल एकेडेमीमा पुस पहिलो साता‘फिस्टेल स्पोर्टस् फेस्ट’

पाेखरा | मंसिर १५, २०८०

फिस्टेल एकेडेमीमा पुस पहिलो साता‘फिस्टेल स्पोर्टस् फेस्ट’

पोखरा:    पोखरा महानगरपालिका–१७ स्थित फिस्टेल एकेडेमीले पुसको पहिलो साता विद्यालय स्तरीय‘फिस्टेल स्पोर्टस् फेस्ट’ गर्ने भएको छ । 


आईबी पिबाईपी प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सवको अवसरमा पुस ५देखि ७ गतेसम्म विद्यालय स्तरीय ‘फिस्टेल स्पोर्टस् फेस्ट २०८०’आयोजना गरेको संस्थापक चिनु रानाभाटले बताए ।


‘फिस्टेल एकेडेमीको २९ औं वार्षिकोत्सवको अवसरमा पुसको पहिलो साता फिस्टेल स्पोर्टस् फेस्ट २०८० आयोजना गर्दै छौं’, संस्थापक रानाभाटले भने, ‘फिस्टेल स्पोर्टस फेस्टमा सेभेन ए साइड छात्र फुटबल, छात्रा÷छात्र बास्केटबल र छात्रा÷छात्र लन टेनिस प्रतियोगिता गर्दै छौं ।’


उनका अनुसार विद्यालयस्तरीय छात्र सेभेन ए साइड प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेले क्रमशः ७५÷३५÷२० र १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विद्यालयस्तरीय छात्रा÷छात्र (फाइभ÷फाइभ) बास्केटबल प्रतियोतिगा प्रथम,द्धितिय र तृतीय हुनेले क्रमशः ७५÷३५ र २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


फिस्टेल स्पोर्टस फेस्टमा छात्रा÷छात्र (यू–१६, यू–१२ र यू–९) वर्षको विद्यालय स्तरीय लन टेनिस प्रतियोगितामा प्रथम÷द्धितिय र तृतीय हुनेले क्रमशः १५÷१० र ५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फिस्टेल स्पोर्टस फेस्टमा आयोजित बास्केटबल र फुटबलमा सहभागी हुन प्रति समूह ५ हजार र लनटेनिसतर्फ एक खेलाडीलाई १ हजार ५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।


तीनदिनसम्म सञ्चालन हुने फिस्टेल स्पोर्टस् फेस्टमा करिव ११ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको विद्यालयले जनाएको छ । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्