छोराको कुटपिटबाट घाइते बाबुको उपचारका क्रममा मृत्यु
रसुवा | मंसिर १५, २०८०
रसुवामा छोराको कुटपिटबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।
बिहीबार गोसाइँकुण्ड गाउँपालिका-५ का छेवाङ तामाङमाथि उनका ४०/४५ वर्षका छोरा गोपाल तामाङले मदिरा सेवन गरी कुटपिट गरेका थिए।
रसुवाका प्रहरी प्रवक्ता इन्स्पेक्टर नेत्रप्रसाद पौडेलका अनुसार बाबुछोराबीच झगडा हुँदा गोपालले आफ्नो बाबुको टाउकोमा चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका छेवाङलाई बिहीबार उपचारका लागि जिल्ला अस्पताल धुन्चे लगिएको थियो।
उपचारकै क्रममा गएराति ११स्४० मिनेटमा छेवाङको मृत्यु भएको हो।
घटनापश्चात गोपाललाई नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूसँग पनि सोधपुछ भएको इन्स्पेक्टर पौडेलले बताए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

