मध्यरातमा निर्मलपोखरीको मैदानबाट १६ जुवाडे पक्राउ

पाेखरा | मंसिर १२, २०८०

मध्यरातमा निर्मलपोखरीको मैदानबाट १६ जुवाडे पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले १६ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।

 

कास्की प्रहरीका अनुसार गएराती साढे १ बजे पोखरा महानगरपालिका २१ निर्मलपोखरीको मैदानमा कौडा खेलिरहेका १६ जनालाई पक्राउ गरिएको हो ।
 

उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडा र नगद रु. ५ लाख ५ हजार ६५ रुपैयाँसहित पक्राउ गरिएको कास्कीका सूचना अधिकारी डिएसपी श्रवण बिकले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ पर्नेमा पोखरा ३३ भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ,  सोही स्थानकै ४६ वर्षीय राम केसी, पोखरा ६ बस्ने ३६ वर्षीय संजिब अधिकारी, सोही वडाकै ४० वर्षीय राम ढकाल रहेका छन् ।
 

यस्तै पोखरा ६ कै ६४ वर्षीय बिर बहादुर लामिछाने, सोही स्थानकै ४० वर्षीय मोहन बहादुर गुरुङ, पोखरा १७ विरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, सोही ठाउँकै ४६ वर्षीय कृष्ण प्रसाद भण्डारी, विरौटाकै ३० वर्षीय कुमार भण्डरी, ३८ वर्षीय  गौतम गुरुङ रहेका छन् ।

 

पोखरा २१ कृष्ती बस्ने ४८ वर्षीय होम बहादुर रानाभाट, कृष्तीकै ४० वर्षीय टंक बहादुर कार्की, सोही स्थानकै २३ वर्षीय रहेका छन् । 

 

यस्तै पोखरा १० अम्मरसिंहका ६३ वर्षीय मिन बहादुर बरुवाल, पोखरा ३३ गैरागाँउका ३३ वर्षीय रामचन्द्र आचार्य, पोखरा १७ विरौटाका ४० वर्षीय जीवन शाही रहेका छन् ।

 

उनीहरुलाई हाल  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गरी  थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्