दुइटा शव फेला परेपछि नियन्त्रणमा लिइयो बाघ

काठमाडाैं | मंसिर ११, २०८०

दुइटा शव फेला परेपछि नियन्त्रणमा लिइयो बाघ

मकवानपुरमा दुइटा शव फेला परेको छ। लोथर खोला आसपासमा बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो।

 

शवका केही भाग फेला नपरेकोले बाघले खाएको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको पाइएको छ।  

 

बाघले आक्रमण गरी मानिस मारेको भन्ने सूचनाका आधारमा प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले बाघ खोजी गरेका थिए।
 

सोही क्रममा सोमबार राति करिब ७ बजे र गत शुक्रबार पनि सोही ठाउँ नजिकै शव फेला परेको थियो। ‘बाघलाई सोमबार राति नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ,’ डिएसपी भण्डारीले भने। प्रहरीका अनुसार शव फेला परेकामध्ये एक जनाको सनाखत भइसकेको छ।

 

चितवनको राप्ति गाउँपालिका १ दुबिचौरका हरि पौडेलको शव फेला परेको हो। 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्