दुइटा शव फेला परेपछि नियन्त्रणमा लिइयो बाघ

काठमाडाैं | मंसिर ११, २०८०

दुइटा शव फेला परेपछि नियन्त्रणमा लिइयो बाघ

मकवानपुरमा दुइटा शव फेला परेको छ। लोथर खोला आसपासमा बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो।

 

शवका केही भाग फेला नपरेकोले बाघले खाएको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको पाइएको छ।  

 

बाघले आक्रमण गरी मानिस मारेको भन्ने सूचनाका आधारमा प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले बाघ खोजी गरेका थिए।
 

सोही क्रममा सोमबार राति करिब ७ बजे र गत शुक्रबार पनि सोही ठाउँ नजिकै शव फेला परेको थियो। ‘बाघलाई सोमबार राति नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ,’ डिएसपी भण्डारीले भने। प्रहरीका अनुसार शव फेला परेकामध्ये एक जनाको सनाखत भइसकेको छ।

 

चितवनको राप्ति गाउँपालिका १ दुबिचौरका हरि पौडेलको शव फेला परेको हो। 

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्