केपी ओली कप: गण्डकी हार्दा एपिएफ सेमिफाईनल प्रवेश
पाेखरा | मंसिर १०, २०८०
PHOTO: YOGENDRA SHRESTHA
पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ ।
आज भएको खेलमा लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ सशत्र प्रहरीलाई मौका मिल्यो ।
सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकीले लुम्बिनीसँग जित निकाल्न नसक्दा यात्रा टुंगियो भने सशत्र प्रहरी बलले अन्तिम चारमा स्थान बनायो ।
सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो ।
मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ८ विकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १०३ रनको लक्ष्य दिएको थियो ।
यद्यपी लक्ष्यलाई गण्डकीले पुरा गर्न सकेनन् । दशौं नम्बरमा आएका सुदीप अर्यालले १६ औं ओभरमा १९ रन जोड्दै जितको आशा जगाएका थिए ।
उनले २४ बलमा ३५ रन बनाउँदै जगाएको आशा १९ औं ओभर मोहम्मद हुसेनको बलमा क्याच आउट भएपछि गण्डकीको सेमिफाईनल पुग्ने यात्रा टुंगिएको थियो ।
ओपनर सुशान्त थापालाई शून्यमै गुमाएको लुम्बिनीले तेस्रो नम्बरका महेश रानालाई पनि २ रनमा आउट भएपछि दबावमा परेको थियो । अर्का ओपनर मृनाल गुरुङ ११ रनमा पभेलियन फर्किएपछि लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास विराट भण्डारी र धुर्व सुनारको काँधमा आयो । भण्डारीले १६ रन बनाए ।
२२ बल खेल्दै ३ चौका हिर्काए । सुनारले २३ रन बनाउन २१ ब्ल खेले । २ चौका र १ छक्का हिर्काए । नर सार्कीले पनि १७ बलमा २३ रन बनाउँदै स्कोर उकास्ने प्रयास गरे । गण्डकीका अमृत गुरुङले तीन र चन्द्र पौडेलले २ विकेट लिए ।
गौरभ विक र किरण पौडेललाई दुई ओभरमा गुमाएको गण्डकीले मुस्कान थापालाई पनि एक रनमै आउट भएको हेर्न बाध्य भयो । दिनेश बुढामगरले १३ रनको स्कोर बनाए ।
कप्तान विपिन खत्रीको नाममा १४ बलमा १९ रन लेखियो । कमल परियार ११ रनमा आउट भए ।
मोहम्मद हुसैन र अजय लुनियाले समान ३ र रमेश कुर्मीले २ विकेट लिए । लुम्बिनीका मोहम्मद प्लेयर अफ दि म्याच घोषित भए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

