मणिपाल प्रकरण: प्रहरीले अझै भेटेन फरार १० आरोपी
पाेखरा | मंसिर १०, २०८०
पाेखरा: मणिपाल अस्पतालमा उपचारका क्रममा असोज ८ गते ५७ वर्षीया सुकमाया दुराको मृत्युपछि भएको तोडफोडमा संलग्न मानिएका १० जना आरोपीलाई कास्की प्रहरीले अझै फेला पार्न सकेको छैन ।
लमजुङ सुन्दरबजार निवासी दुराको उपचारकाक्रममा निधन भएपछि उनका आफन्तजन आक्रोशित भई विरोधमा उत्रिएका थिए । आफन्तलाई साथ दिँदै अस्पताल तोडफोड गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले १९ जनालाई दोषी करार गरेको थियो ।
उक्त १९ जनामध्ये ९ जनालाई पक्राउ गरी कास्की प्रहरीले मुद्धा चलाएको थियो । जसमध्ये सातजना धरौटीमा छुटिसकेका छन् भने २ जना पुर्पक्षमा रहेका छन् । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार विकले १० अझै फरार रहेको बताए ।
फरारको सूचीमा पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपहप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा १७ का पशुपति भट्टराई, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात आशिष भनिने कार्लोस गुरुङ र पोखरा २३ का उत्तम भण्डारी रहेका छन् ।
अस्पताल तोडफोडपछि पीडितका आफन्त र चिकित्सक पक्षबीच अस्पताल प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो ।
त्यसका बाबजुद कास्की प्रहरीले असोज ८ गते असोज १२ तथा अन्य मितिमा गरेर ९ जनालाई पक्राउ गरेको थियो । मणिपाल प्रकरणमा १९ जना दोषी देखिएपछि कास्की प्रहरीले जिल्ला अदालतबाट १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यसैबीच, मणिपालको सोही प्रकरणमा चिकित्सक कुटिएको घटनामा जिल्ला अदालत कास्कीले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिलको कार्यालयले चिकित्सक कुटपिट गर्ने ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको हो ।
जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि पठाउने पर्याप्त आधार हुँदाहुँदै धरौटीमा छाडिएको भन्दै मंसिर ७ गते उच्च अदालत पोखरामा निवेदन परेको हो ।
उक्त निवेदन उपर आदेश गर्दै शुक्रबार उच्चका न्यायाधीश धनसिंह महराको इजलासले जिल्ला अदालतसँग कैफियत माग गर्ने आदेश गरेको उच्चका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विश्व अर्यालले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

