नागदहमा एक पुरूषको शव भेटियो
काठमाडाैं | मंसिर ५, २०८०

ललितपुरको नागदहमा एक पुरूषको शव फेला फेला परेको छ।
मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदह पोखरीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए।
हरिसिद्धीका २७ वर्षीय निरज खड्गीको शव फेला परेको प्रहरीले जनाएको छ। खड्गी मंसिर १ गतेदेखि सम्पर्कबिहीन थिए।
नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो। शव पोष्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...