कावासोतीमा ट्रकको ठक्करबाट श्रेष्ठको मृत्यु

नवलपुर | मंसिर ५, २०८०

कावासोतीमा ट्रकको ठक्करबाट श्रेष्ठको मृत्यु

नवलपुर:  नवलपुरको कावासोती नगरपालिका – १६ पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रक र कार एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।

 

जिल्लाको कावासोती नगरपालिका –१६, पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँका हुन् ।

 

दुर्घटनामा कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका –८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

दुर्घटनामा परि घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।

 

उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका –८ ,बस्ने २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्