सेती खोँचबाट युवकको उद्धार
काठमाडाैं | कात्तिक १९, २०८०
पोखरा महानगरका–१५ नयाँ गाउँ नजिक सेती नदीको खोँचमा खसेका युवकलाई प्रहरीले निकालेको छ । शनिबार राति ७ः४५ बजेतिर नदी छेउमा धाँजा फाटेको ठाउँमा खसेका पर्वतको फलेवास–३ का १९ वर्षीय सुदीप विकलाई प्रहरीले निकालेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।
सुदीप नयाँ गाउँमा दाइको घरमा बस्दै आउनुभएको थियो । उहाँको उद्धारका लागि वडा प्रहरी कार्यालय रामबजारबाट सात जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट छ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं। २४ गण कालिका कास्कीबाट ११ जनाको उद्धार टोली खटिएको थियो । टोलीले शनिबार राति १० बजे विकलाई उद्धार गरेको हो ।
शरीरमा सामान्य दधारिएकोबाहेक उहाँको स्वास्थ्य अवस्था सामान्य छ । विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

