१४ तस्बिरमा घुम्नुहोस् ‘अन्नपूर्ण आधार शिविर’
पाेखरा | कात्तिक १८, २०८०
कास्की: ट्रेक गर्न मन पराउने विरलै व्यक्तिहरु अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेको हुनुपर्छ । किनभने यो विश्वकै लोकप्रिय पदमार्ग अन्तरगत पर्छ ।
त्यसैले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि नेपाल भ्रमणको क्रममा एबिसी पुगे ।
उनले उक्त स्थानको अवलोकनपछि प्रकृतिविरुद्वको लडाई रोक्न विश्वलाई सन्देश दिने बताएका थिए ।

पछिल्लो समय जलवायु परिवर्तनकै कारण एबिसीको बस्ती उच्च जोखिममा रहेको छ । त्यसैले यस्तो हिश्रृङ्खला तथा हिमालयहरुको संरक्षणमा गुटेरेसले चाँसो देखाएका थिए ।
कास्कीमा करिब आधा दर्जन नाम चलेका पदमार्गहरु छन् । मर्दी पदमार्ग, कोरी पदमार्ग, खुमै पदमार्ग, तथा हिडनलेक पदमार्ग पनि गण्डकीको राजधानी कास्की मै पर्छ ।
एबिसी पदमार्गको दुरी लामो भएकाले अन्य पदमार्गको तुलनमा बढी खर्चिलो मानिन्छ ।
पैदलयात्रीका लागि कम्तिमा ५ देखि ७ दिनसम्म (एक हप्ता) समय लाग्छ ।
पोखरादेखि विरेठाटी हुदैँ झिनुसम्म सवारी साधनमा पुग्न सकिन्छ त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पहिलो दिनको बसाई छोम्रोङमा हुन्छ । जहाँ १८ वटा होटलको व्यवस्था छ ।
यस्तै सिनुहामा १०, व्याम्बुमा ६, दोभानमा ४, हिमालयमा ३, देउरालीमा ५, एमबीसीमा ६ र एबिसीमा ६ वटा होटलहरु रहेका छन् ।
तस्बिर: पुकार पुर्जा













गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

