टी-२० विश्व कप छनोट: नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय
काठमाडाैं | कात्तिक १६, २०८०
काठमाडौं: घरेलु टोली नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ । समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ ।
नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ ।
नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

