पोखरामा स्याङ्जाका दुई युवा लागूऔषधसहित प्रकाउ
पाेखरा | कात्तिक १५, २०८०
पोखरा: पोखरामा लागूऔषधसहित स्याङ्जाका दुई युवा प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलिले स्याङ्जाका दुई युवालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।
स्याङ्जाको वालिङ नगरपालिका ५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङ पोखरा ७ माछापुच्छ«े मार्गबाट २ हजार ३ सय ४० चक्की लागूऔषध नाईट्रोभ्याटसहित प्रकाउ परेका हुन् । गुरुङको कोठा खानतलासी गर्दा प्रहरीले लागूऔषध बरामद गरेको हो । ।

प्रहरीले बरामद गरेको लागूऔषध नाईट्रोभ्याट
यस्तै स्याङ्जाको आधिखोला गाउँपालिका ५ स्थायी घर भएका २४ वर्षीय सुनिल पौडेललाई पोखरा १७ बरालफिटबाट लागूऔषधसहित प्रकाउ गरेको हो ।
प्रहरीले पोखरा १७ हरियाली टोलमा शंकास्पद अवस्थामा हिडिरहेका पौडेललाई खानतलासी गर्दा नाईट्रोभ्याट ५३ चक्की लागूऔषध बरामद गरेको हो ।
प्रकाउ परेका दुवै युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

