बागलुङको तंग्राममा तिहारविशेष मेला हुँदै, भलिबलसँगै पब्जी प्रतियोगिता
पाेखरा | कात्तिक १५, २०८०
पोखरा: बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा शुभ दिपावली विशेष मेला हुने भएको छ ।
प्रगतिशील युवा क्लबले शुभ–दिपावली विशेष मेला २०८० को अवसरमा खुल्ला साविक वडा स्तरीय भलिबलसँगै पब्जी प्रतियोगिता आयोजना गरेको हो ।
प्रगतिशील युवा क्लबका अध्यक्ष धनबहादुर पुनले कात्तिक २४ देखि ३० गतेसम्म तिहार पर्वको अवसरमा शुभ–दिपावली मेला २०८० आयोजना गरेको जानकारी दिए ।
मेलाको अवसरमा खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, घैँटो फोर प्रतियोगिता र पब्जी प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष पुनले बताए ।
उनका अनुसार खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । भने, प्रतियोगितामा सहभागि हुन एक समूहलाई ४ हजार ५ सय रुपैयाँ शूल्क कायम गरेको छ ।
खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले १० हजार, द्धितीय हुने समूहले ५ हजार र तृतीय हुने समूहले ३ हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । यस्तै बुद्धिचाल प्रतियोगिताको विजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सहभागि हुन ५ सय रुपैयाँ शुल्क कायम गरेको छ ।

यस्तै घैँटो फोर प्रतियोगिताको विजेताले १ हजारसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने, १ सय रुपैयाँ शुल्क कायम गरेको छ ।
यस्तै क्लबले पहिलो पटक पब्जी प्रतियोगितासमेत आयोजना गरेको छ । क्लबका अध्यक्ष धनबहादुर पुनले शुभ–दिपावली मेलाको अवसरमा पहिलो पटक पब्जी प्रतियोगतालाई समेत आयोजना गरेको बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ८ सय रुपैयाँ शुल्क कायम गरेको छ ।
पब्जी प्रतियोगिता पब्जी मोबाइलको नियम अनुसार सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

