बागलुङको तंग्राममा तिहारविशेष मेला हुँदै, भलिबलसँगै पब्जी प्रतियोगिता

पाेखरा | कात्तिक १५, २०८०

बागलुङको तंग्राममा तिहारविशेष मेला हुँदै, भलिबलसँगै पब्जी प्रतियोगिता

पोखरा:    बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा शुभ दिपावली विशेष मेला हुने भएको छ । 


प्रगतिशील युवा क्लबले शुभ–दिपावली विशेष मेला २०८० को अवसरमा खुल्ला साविक वडा स्तरीय भलिबलसँगै पब्जी प्रतियोगिता आयोजना गरेको हो । 


प्रगतिशील युवा क्लबका अध्यक्ष धनबहादुर पुनले कात्तिक २४ देखि ३० गतेसम्म तिहार पर्वको अवसरमा शुभ–दिपावली मेला २०८० आयोजना गरेको जानकारी दिए ।


मेलाको अवसरमा खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, घैँटो फोर प्रतियोगिता र पब्जी प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष पुनले बताए । 


उनका अनुसार खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । भने, प्रतियोगितामा सहभागि हुन एक समूहलाई ४ हजार ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । 


खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले १० हजार, द्धितीय हुने समूहले ५ हजार र तृतीय हुने समूहले ३ हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । यस्तै बुद्धिचाल प्रतियोगिताको विजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सहभागि हुन ५ सय रुपैयाँ शुल्क कायम गरेको छ । 

 
यस्तै घैँटो फोर प्रतियोगिताको विजेताले १ हजारसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने, १ सय रुपैयाँ शुल्क कायम गरेको छ । 


यस्तै क्लबले पहिलो पटक पब्जी प्रतियोगितासमेत आयोजना गरेको छ । क्लबका अध्यक्ष धनबहादुर पुनले शुभ–दिपावली मेलाको अवसरमा पहिलो पटक पब्जी प्रतियोगतालाई समेत आयोजना गरेको बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ८ सय रुपैयाँ शुल्क कायम गरेको छ । 

 


पब्जी प्रतियोगिता पब्जी मोबाइलको नियम अनुसार सञ्चालन गर्ने आयोजकले जनाएको छ । 

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्